राजेन्द्र लिङ्देनकै घर पुगेर सञ्चारमन्त्रीले के भने ?

२०८२ पुस २३ गते

राजेन्द्र लिङ्देनकै घर पुगेर सञ्चारमन्त्रीले के भने ?

ललितपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।लुभुको लामाटारस्थित लिङ्देन निवासमा मन्त्री खरेल र अध्यक्ष लिङ्देनबीच भेटवार्ता भएको हो ।

आज भएको भेटमा निर्वाचनको वातावरण बनाउनका लागि छलफल भएको सञ्चारमन्त्री खरेलले जानकाकी दिए ।उनका अनुसार निर्वाचनका लागि राप्रपा प्रतिबद्ध छ । निर्वाचनको वातावरणका लागि सरकारको प्रवक्ताको हैसियतले मन्त्री खरेलले यसअघि प्रमुख राजनीतिक दलका नेताहरुसँग निवासमै पुगेर भेटवार्ता गरेका हुन् ।

Advertisement:

Ad
Ad