२०८३ भदौ २४ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले बाढीपहिरोमा ज्यान गुमाएका नागरिकहरू जलवायू अन्यायको पिडित भएको बताएका छन् । उनले ज्यान गुमाउनेहरु प्राकृतिक विपद्का मृतक मात्र नभई ‘जलवायु अन्यायका पीडित’ का रूपमा लिनुपर्ने बताएका छन् ।
उनले अहिले जनताको आक्रोश पनि सामान्य भएको बताएका छन् । लामिछाने भन्छन, शोकमा परेको मानिसले भगवानलाई त सराप्छ भने सरकार र रास्वपा के हो ? नागरिकको आक्रोश हामीप्रतिको अपेक्षा र राज्य गुहार्ने माध्यम हो ।
यस्तै सभापति लामिछानेले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी वा ‘साइबर बुलिङ’ गर्ने कार्यमा रास्वपाका कुनै पनि सदस्य संलग्न भएको पाइएमा साधारण सदस्य समेत नरहने गरी तत्काल निष्कासन गरिने बताए । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विश्वव्यापी तापक्रम वृद्धिमा नेपालको भूमिका नगण्य रहे पनि त्यसको सबैभन्दा ठूलो मूल्य नेपाली जनताले चुकाउनु परेको बताए ।
प्रतिक्रिया