२०८० चैत १८ गते
काठमाडौं । पूर्वअर्थसचिव तोयम रायमाझी महालेखापरीक्षकमा सिफारिस भएका छन् ।
संवैधानिक परिषद्को बैठकले रायलाई महालेखापरीक्षकमा सिफारिस गरेको हो ।आईतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायमाझीलाई सिफारिस गरेको हो । हाल राष्ट्रिय तथ्याङ कार्यालयमा प्रमुख तथ्याङ अधिकारी रहेका छन् । उनी यसअघि अर्थ सचिव थिए ।
गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि महालेखापरीक्षको कार्यालय खाली रहेको छ ।
प्रतिक्रिया