२०८३ वैशाख २२ गते
काठमाडौं । समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाहरूको ऋण नतिर्ने ऋणी, सञ्चालक र जमानीकर्ताहरूलाई कडा कारबाही हुने भएको छ । सरकारले कडा कारबाही गेर्न गर्ने चेतावनी सहितको सुचना जारी गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय’ ले जरुरी सूचना जारी गर्दै कारबाहीको चेतावनी दिएको हो ।
खानेपानी (धारा), बिजुली (बत्ती) र अन्य सिफारिस जस्ता सार्वजनिक सेवाहरू रोक्का गरिने सूचनामा उल्लेख छ । यस्तै ऋणी र सम्बन्धित व्यक्तिको नाम सार्वजनिक गरिने, कालो सूचीमा नाम समावेश गरिने र चल–अचल सम्पत्ति लिलाम प्रक्रिया अगाडि बढाइने बताइएको छ।
यस्तै प्रचलित कानुनबमोजिम कैद र जरिवानाको सजाय समेत हुनसक्ने सुचना समितिले जारी गरेको छ ।
समितिले सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भएका सहकारीहरूको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीको प्रक्रिया अगाडि बढाउन उक्त सूचना जारी गरेको जनाएको छ ।
प्रतिक्रिया