प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै, मत नपाए नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने

२०८१ असार २८ गते

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै, मत नपाए नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विश्वासको मत लिँदै छन् ।

सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा दहालले आज पाँचौं पटक संसद्ववाट विश्वासको मत लिन लागेका हुन् । पहिला एमाले र त्यसपछि कांग्रेससँग गठनबन्धन गरेका प्रधानमन्त्री दाहालले एमाले र कांग्रेसले गठबन्धन गर्नेका लागि सहमति गरेसँगै विश्वासको मत लिन लागेका हुन् ।

Advertisement:

Ad
Ad

कांग्रेस र एमालेबीच संविधान संशोधन, सरकारको नेतृत्वमा आलोपालो गर्ने लगायतको सहमति असार १७ गते भएको थियो । सहमति पछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी ठूलो दलले समर्थन फिर्ता लिएपछि दहाल अल्पमतमा परेका हुन् ।

संसदमा रहेका दुई ठूला दल कांग्रेस र एमालेसहित जसपा, जनमत,जसपा नेपाल लगायतका दलले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेकाले दाहालले विश्वासको मत पाउने सम्भावना छैन ।

प्रधानमन्त्री प्रचण्डलाई ३२ सिट रहेको आफ्नो दल नेकपा माओवादी केन्द्र बाहेक २१ सांसद रहेको रास्वपा र १० सांसद रहेको एकीकृत समाजवादीको मात्र समर्थन रहने देखिएको छ ।

विश्वासको मत पाउन नसकेपछि उनी सत्ताबाट बाहिरिने छन् र नयाँ सरकार गठनका लागि प्रकृया सुरु हुने छ । कांग्रेस र एमालेबीच पहिलो कार्यकाल एमाले अध्यक्ष केपी शर्मा ओली र दोस्रो कार्यकाल कांग्रेस सभापति शेरबहादुर देउवाले लिने गरि सहमति भएको छ ।