इयूका राजदुतसँग प्रधानमन्त्री बालेनले भनेः 'जनताको जीवनस्तर उकास्ने गरी काम गर्छौ'

२०८३ जेठ १२ गते

इयूका राजदुतसँग प्रधानमन्त्री बालेनले भनेः 'जनताको जीवनस्तर उकास्ने गरी काम गर्छौ'

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न देशका राजदुतहरुसँगको भेटमा आफुले नेपाली जनताको जीवस्तर उकास्ने गरी काम गरिरहेको बताएका छन् । उनले इयूका राजदुतसँग वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । 

 

Advertisement:

Ad
Ad

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौं र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत र काठमाडौंस्थित अन्य मुलुकका राजदूतसँग भएको संयुक्त भेटवार्तामा गरेका हुने । उनले नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर्याउँदै आएको भन्दै नेपालका सबै विकास साझेदार र मित्रराष्ट्रप्रति आभार समेत प्रकट गरे ।  व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ बनाउन नेपाल लागिरहेको  पनि उनले स्पष्ट पारे ।

 

भेटका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेका बेला सर्वसाधारण नागरिकले नै सबैभन्दा बढी पीडा भोग्नुपरेको भन्दै शान्ति कायम गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनले प्राथमिकता पाउनुपर्ने सुझाव दिए ।