२०८३ असोज ११ गते
काठमाडौं । पर्वतको जलजला गाउँपालिका–८ फर्सेस्थित एक बस्तीमा कालीगण्डकी नदीको बाढी पस्दा २५ वटा घर बगेका छन् । आज बिहान करिब ८ बजे नदीको बहाव एक्कासि बढेर बस्तीतर्फ सोझिएपछि ठूलो क्षति भएको हो ।
नेपाल प्रहरीका अनुसार करिब ८० घरधुरी रहेको उक्त बस्तीका २५ घर बाढीले बगाएको छ भने बाँकी घरहरू पनि उच्च जोखिममा परेका छन् । समयमै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएकाले कुनै मानवीय क्षति भने हुन पाएन ।
पहिरोका कारण सडक अवरुद्ध हुँदा प्रहरी टोली तत्काल घटनास्थलमा पुग्न कठिनाइ भइरहेको छ । घटनास्थल प्रहरी चौकी मिलनचोकबाट करिब ६ किलोमिटर पूर्वमा पर्दछ । बाढीबाट भएको थप क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया