प्रधानमन्त्री ओलीलाई बालेनको कडा जवाफ, 'सरी केपी ओली तपाईको भ्रष्ट प्रणालीलाई साथ दिन सकिंदैन'

२०८२ जेठ ०५ गते

प्रधानमन्त्री ओलीलाई बालेनको कडा जवाफ, 'सरी केपी ओली तपाईको भ्रष्ट प्रणालीलाई साथ दिन सकिंदैन'

काठमाडौं । सोमबार सिंहदरबारमा गणतन्त्र दिवस आयोजनाका लागि महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन सहितलाई प्रधामन्त्री केपी शर्मा ओलीले बैठकमा उपस्थित हुनु भनेपनि बालेन उक्त बैठकमा गएनन् । उनी बैठकमा नभएको देखेपछि प्रधानमन्त्री  ओलीले बालेनको अनुपस्थितिबारे प्रश्न उठाउँदै कारण सोध्न भनेका थिए । 

तर बालेनले ओलीको प्रश्नको जवाफ सामाजिक सञ्जालबाट दिएका छन् । आफुले भ्रष्टाचार रोक्छु भन्दा सबै दल मिलेर भ्रष्टाचारी जोगाएको आरोप बालेनले लगाएका छन् । साथै भ्रष्टाचार जोगाउने सरकारको नेतृत्व ओलीले गरेको उनले भनेका छन् । यसैले बालेनले कार्यक्रममा नजाने भन्ने जवाफ  सामाजिक सञ्चालबाट फर्काएका छन् ।

Advertisement:

Ad
Ad

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, 'जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा ,देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ,त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?सरी केपी ओली तपाईको भ्रष्ट प्रणालीलाई साथ (सर्पोट)  दिन सकिदैन ।'