२०८३ भदौ ०८ गते
काठमाडौं । कामना सेवा विकास बैंकले २०औँ वार्षिक साधारण सभा डाकेको छ । बैंकको सञ्चालक समितिको निर्णयअनुसार सभा भदौ ३१ गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली व्याङ्क्वेटमा आयोजना गरिने भएको छ।
बैंकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजाँदै छ। उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृत भइसकेको बैंकले जनाएको छ।
बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि २०८३ भदौ १८ गते ‘बुक क्लोज’ गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया