सरकारी कर्मचारीले १५-१५ दिनमा तलब पाउने

२०८३ वैशाख ०७ गते

सरकारी कर्मचारीले १५-१५ दिनमा तलब पाउने

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक रुपमा तलबभत्ता उपलब्ध गराउने गरी तयारी अगाडी बढाएको  छ।

 

Advertisement:

Ad
Ad

अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन पत्राचार गरिसकेको छ । समयमै कर्मचारीको हातमा पैसा पुगोस र अर्थतन्त्र चलायमान होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको अर्थमन्त्रालयको भनाइ छ।

 

वर्तमान सरकार संघीय निजामती सेवा ऐन जारी गर्ने तयारीमा छ। सोही ऐनमा १५–१५ दिनमा तलबभत्ता खुवाउने गरी व्यवस्था गरिने अर्थमन्त्रालयका अधिकारीहरुले बताएका छन् ।