ग्यास उद्योगलाई आयल निगमको कडाई, दैनिक बिक्रि गरिएको विवरण सार्वजनिक गर्न निर्देशन

२०८२ फागुन ३० गते

ग्यास उद्योगलाई आयल निगमको कडाई, दैनिक बिक्रि गरिएको विवरण सार्वजनिक गर्न निर्देशन

काठमाडौं । नेपाल आयल निगमले ग्यास उद्योगलाई कडाई गरेको छ । देशभर ग्यासको हाहाकार बढ्न थालेपछि बिक्रेतालाई दैनिक कसकसलाई बिक्रि गरिएको हो सोको विवरण सार्वजनिक गर्न निगमले निर्देशन दिएको छ ।

निगमले विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक गर्न उद्योगहरुलाई निर्देशन दिएको हो । यस्रतै ग्यास विक्रि गनेए पसल तथा डिपोहरुलाई पनि उपभोक्तालाई बिक्री गरेको ग्यासको रेकर्डमा नाम, सम्पर्क नम्बर र परिमाण स्पष्ट उल्लेख गरी सम्बन्धित उद्योगमार्फत दैनिक रूपमा निगमलाई रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Advertisement:

Ad
Ad

हाल निगमले आधा सिलिन्डर (७.१ केजी ) ग्यास ९ सय ५५ रुपैयाँमा बिक्री वितरण गरिरहेको छ । मध्यपूर्वको व्दन्द्धका कारण ग्यासको व्यवस्थनापनमा समस्या देखिएको छ ।