२०८३ वैशाख २८ गते
काठमाडौं । सरकारले कुनै पनि आयोजना नसकिन्जेल आयोजना प्रमुखको सरुवा नगर्ने भएको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघिय संसदको दुवै सदनमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आयोजना प्रमुख सरुवा नगर्ने बताएका हुन् ।
नेपालमा विभिन्न आयोजना शुरु गर्दा देखि नसक्निजेलसम्मको अवधिमा आयोजना प्रमुखहरुको सरुवपा भइरहेको प्रवृत्ति रहदै आएको छ ।
जसले गर्दा आयोजना निर्माणमा ढिलाइ हुनेगरेको भन्दै आलोचना समेत हुदै आएका छ । विगतदेखिको यस्तो परम्परालाई वर्तमान सरकारले तोड्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया