२०८३ जेठ ०५ गते
काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ । जसअनुसार सरकारले एक मतदाताका लागि २ सय ६३ रुपैयाँ खर्च गरेको देखिन्छ ।
आयोगको आज (जेठ ५) बसेको बैठकको निर्णयानुसार प्रतिनिधि सभा सदस्यको आमनिर्वाचनका लागि अर्थमन्त्रालयले कूल ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ निकासा गरेको थियो । जसमध्ये ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ मात्र खर्च भएको आयोगले जनाएको छ।
आयोगका अनुसार कूल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ लाई आधार मान्दा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा प्रति मतदाता औसत २ सय ६३ रुपैयाँ खर्च हुन आएको देखिन्छ ।
प्रतिक्रिया