तोकिएको समयमा ऋणपत्र बिक्रि नभएपछि निफ्राले थप्यो आवेदन दिने म्याद

२०८२ जेठ २२ गते

तोकिएको समयमा ऋणपत्र बिक्रि नभएपछि निफ्राले थप्यो आवेदन दिने म्याद

काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ऋणपत्र तोकिएको समयमा बिक्रि  नभएपछि  आवेदन दिने समय थप भएको । अब यस ऋणपत्रमा जेठ २५ गतेसमम आवेदन दिन सकिनेछ ।  

यसअघि आजसम्म आवेदन दिने समय रहेको थियो । तर कम्पनीले आज एक सूचनामार्फत समय थपिएको जानकारी दिएको छ । यसअघि  एक दिनका लागि समय थपेको थियो । तर उक्त समयमा पनि माग अनुसार आवेदन नपरेपछि पुनः समय थपिएको अर्को सूचना प्राप्त भएको छ ।

Advertisement:

Ad
Ad

निफ्राले जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख  इकाई ऋणपत्र बिक्रमा ल्याएको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

बाँकी २० लाख इकाईमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमध्ये १ लाख इकाई ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।  ७ वर्ष अवधिको ‘६ प्रतिशत निफ्रा उर्जा ऋणपत्र २०८८–८९” नामको ऋणपत्रको  वार्षिक ६ प्रतिशत ब्याजदर रहेको छ ।