२०८२ असोज २९ गते
काठमाडौं । बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। यस दिन नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५.५८ विन्दुमा पुगेको छ ।
नेप्से घटेसंगै यस दिन कारोबार रकम पनि घटेको छ। मंगलबार ३ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज भने ३ अर्ब १० करोड १८ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन ४० कम्पनीको शेयर बढेको छ भने अन्य २०६ कम्पनीको शेयर घटेको छ। त्यस्तै पाँच कम्पनीको शेयर स्थिर रहेको छ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा नेपाल पुनर्बीमा कम्पनी रह्यो जसको २० करोड ५४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा सनराइज फोकस इक्विटी फन्ड रह्यो जसको ३ लाख ६० हजार ८ सय कित्ता शेयर कारोबार भएको छ।
आज सर्वाधिक बढ्नेमा समता घरेलु लघुवित्त रह्यो जसको शेयर ६.९३ प्रतिशतले बढेको छ। त्यस्तै सर्वाधिक घट्नेमा समता लघुवित्त र विन्द्यावासिनी हाइद्रोपावर रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया