२०८२ चैत २० गते
काठमाडौं । अर्थमन्त्रालयले आगामी आर्थिक बर्ष २०८३/८४ को बजेट लेखन समिति गठन गरेको छ । सहसचिवहरुको पाँच सदस्यीय समुहले आगामी आवको बजेटको मस्यौदा बनाउनेछन ।
राजस्व व्यवस्थापन महाशाखाका उत्तर कुमार खत्रीको संयोजनमा बनेको समितिमा सदस्यहरु डा.सुमन दाहाल (बजेट तथा कार्यक्रम महाशाखा), डा. धनीराम शर्मा (अन्र्तराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा), महेश भट्टराई (आर्थिक नीति विश्लेषण महाशाखा) र सेवन्तक पोखरेल ( वित्तीय संघीयता समन्वय महाशाखा) रहेका छन् ।
आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता तयार गर्न र अर्थमन्त्रीबाट सङ्घीय संसद्मा पेश गर्ने बजेट वक्तव्यको मस्यौदा तयार गर्न यो समिति गठन भएको हो ।
यस समितिलाई आगामी आर्थिक वर्षको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव उपलब्ध गराउने र कार्यान्वयन गरिने विभिन्न आयोजना तथा कार्यक्रमहरूको प्राथमिकीकरणमा सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ ।
यसका साथै, संघीय संसद्को दुवै सदनमा पेश गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने र बजेट वक्तव्यको अन्तिम मस्यौदा पेश गर्ने मुख्य कार्यभार पनि यसै समितिको कार्यक्षेत्रभित्र तोकिएको छ । समितिको संरचनामा अर्थ मन्त्रालयका विभिन्न महत्त्वपूर्ण महाशाखाका प्रमुखहरूलाई सदस्यका रूपमा समावेश गरिएको छ । अर्थमन्त्री स्वर्णिमको यो पहिलो बजेट हो ।
प्रतिक्रिया