नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो

२०८२ पुस ०७ गते

नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो

काठमाडौं । सोमबार सेयर बजार दबाबमा रहँदा नेप्से परिसूचक १३.८८ अंकले घटेर २,५८१ बिन्दुमा बन्द भएको छ। कारोबारको सुरुवातदेखि अन्त्यसम्म बजारमा गिरावट कायम रह्यो।

बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो दिन ४ अर्ब ५२ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार ३ अर्ब ५१ करोड रुपैयाँमै खुम्चिएको छ।

Advertisement:

Ad
Ad

यस दिन ५४ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा २०० कम्पनीको घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो। व्यापार समूहबाहेक सबै समूहका सूचक घटेका छन्। व्यापार समूह ०.५७ प्रतिशतले ओरालो लागेको छ।

समूहगत रूपमा जीवन बीमा १.०१ प्रतिशत, होटल तथा पर्यटन १.२६ प्रतिशत, बैंकिङ ०.३५ प्रतिशत, विकास बैंक ०.३७ प्रतिशत, फाइनान्स ०.१५ प्रतिशत, हाइड्रोपावर ०.६६ प्रतिशत, लगानी ०.९७ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३२ प्रतिशत, माइक्रोफाइनान्स ०.४५ प्रतिशत, निर्जीवन बीमा ०.४५ प्रतिशत तथा अन्य समूह ०.६९ प्रतिशतले घटेका छन्।

एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यसैगरी सीवाईसी लघुवित्त ५.९० प्रतिशत, पियोर इनर्जी ५.८७ प्रतिशत र हिमालयन पावर पार्टनर ३.५२ प्रतिशतले उकालो लागेका छन्।

घट्ने कम्पनीमध्ये मानुषी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ६.८४ प्रतिशतले घटेको छ। लक्ष्मी लघुवित्त ५.५८ प्रतिशत, स्वस्तिक लघुवित्त ५.५१ प्रतिशत र तेह्रथुम पावर ५.२० प्रतिशतले घटेका छन्।

कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक, सन नेपाल लाइफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, हिमालयन पावर पार्टनर र सिटिजन लाइफ इन्स्योरेन्स अगाडि रहे।