नेप्सेमा झिनो अंकको चढाव

२०८० मंसिर २७ गते

नेप्सेमा झिनो अंकको चढाव

काठमाडौँ । बुधबार नेप्से परिसूचक २.६० अंक मात्रले बढेर १९८८.०४ मा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से मध्यान्न १२:०९ बजे अधिकतम  २०१६.९ अंक सम्म पुगेको थियो । बिचमा नेप्सेले २००० अंकको मानोबैज्ञानिक अवरोध पार गरे पनि अन्त्यमा झिनो अंकले  बढेर बजार बन्द भएको छ ।

बजारमा आज ३.९ अर्वको कारोवार भयो । जसमा १३४ कम्पनी बढेका छन् भने १०० कम्पनी घटेका छन् । यसैगरी ७  वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । आज पनि बोटलर्स नेपाल बालाजुको शेयरमा १० प्रतिशतको उछाल आएको छ ।

Advertisement:

Ad
Ad

नेप्सेमा आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनी मा सोनापुर मिनेरल्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा अरुण काबेली पावर लि रहेको छ ।