२०८२ पुस ०६ गते
सेयर बजार फेरि २६ सय बिन्दुमुनि झरेको छ। आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.९२ अंकले घटेर २,५९५ बिन्दुमा बन्द भएको हो।
बजारसँगै कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार ४ अर्ब ५२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
आजको कारोबारमा ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ कम्पनीको घटेको छ। सात कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
आज एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै, तेह्रथुम पावर ८.२० प्रतिशत, मानुषी लघुवित्त ८.१४ प्रतिशत र लक्ष्मी लघुवित्त ५.५७ प्रतिशतले उकासिए।
कारोबार रकमका आधारमा स्वस्तिक लघुवित्त, बाराही हाइड्रोपावर, सन नेपाल लाइफ इन्स्योरेन्स, लुम्बिनी विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स शीर्ष कारोबार हुने कम्पनीहरूमा परेका छन्।
प्रतिक्रिया