२०८२ असोज २१ गते
काठमाडौँ। दशैँ पछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ। आज नेप्से परिसूचक ५८.५५ अंक घटेर २६०४.९६ विन्दुमा पुगेको छ।
नेप्से घटेपनि मंगलबार कारोबार रकम भने बढेको छ। यस अघिको अन्तिम कारोबार दिन करिब ३ अर्बको शेयर कारोबार भएको बजारमा आज भने ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार रुपैयाँबराबरको १ करोड ३ लाख ४५ हजार कित्ता शेयर कारोबार भएको छ।
मंगलबार सर्वाधिक बढ्ने स्टकमा सेन्चुरी दिबेन्चार २०८५ रह्यो जसको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै सर्वाधिक घट्नेमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी रह्यो जसको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
प्रतिक्रिया