२०८२ फागुन २५ गते
निर्वाचनपछि खुलेको पहिलो कारोबार दिनमै शेयर बजारमा उत्साहजनक सुरुवात देखिएको छ। बजार खुलेको केवल १ मिनेटमै नेप्सेमा पहिलो सर्किट लागेर कारोबार २० मिनेटका लागि स्थगित भएको हो।
प्रि–ओपन सेसनमै नेप्से १.६४ प्रतिशतले बढेको थियो। त्यसपछि बजार खुलेलगत्तै सूचक तीव्र गतिमा उकालो लाग्दै १ मिनेटभित्रै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेकर लागेको हो।
हालसम्म नेप्से परिसूचक १०८.६० अंकले बढेर २८२१.१० विन्दुमा पुगेको छ। सो अवधिसम्म २३१ वटा स्टकको १ हजार ६६९ पटक कारोबार हुँदा करिब १८ करोड ९६ लाख १२ हजार रुपैयाँ बराबरको ३ लाख २९ हजार कित्ता शेयर किनबेच भएको छ।
सर्किटका कारण रोकिएको कारोबार अब ११ बजेर २१ मिनेटमा पुनः सञ्चालन हुने बताइएको छ।
प्रतिक्रिया