नेप्सेमा भारी गिरावटसँगै कारोबार रकम पनि घट्यो

२०८२ साउन २० गते

नेप्सेमा भारी गिरावटसँगै कारोबार रकम पनि घट्यो

काठमाडौँ। मङ्गलबार नेप्सेमा ठुलो गिरावट आएको छ। यस दिन नेप्से परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ बिन्दुमा पुगेको छ। यस दिन शेयर बजारमा २ करोड २२ लाख कित्ता शेयर खरिद बिक्रि हुँदा ९ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १० अर्ब ९२ करोड रुपैयाँबराबरको कारोबार भएकोमा यस दिन ९ अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

Advertisement:

Ad
Ad

आज सर्वाधिक बढ्नेमा समाज लघुवित्त र उन्नति सहकार्य लघुवित्त रह्यो जसको शेयरमूल्य दश प्रतिशतले बढेको छ। त्यस्तै सर्वाधिक घट्नेमा थ्री स्टार हाइड्रोपावर रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ। 

यस दिन सर्वाधिक कारोबार हुनेमा हिमालयन रि इन्स्योरेन्स कम्पनी रह्यो जसको ३९ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा सनराइज फ़ोकस्ड इक्विटी फण्ड रह्यो जसको आज ११ लाख ६२ हजार कित्ता कारोबार भएको छ।