२०८२ साउन ०५ गते
काठमाडौँ । साताको दोस्रो कारोबार दिन शेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । यस दिन नेप्से २१.७६ अंकले बढेर २८९२.७२ विन्दुमा पुगेको छ । यससँगै नेप्से लगातार पाँच दिन बढेको हो ।
सोमबार कारोबार रकम भने ह्वात्तै घटेको छ । अघिल्लो कारोबार दिन २१ अर्ब ३९ करोड कारोबार भएकोमा आज भने १६ अर्ब ३२ करोड बराबरको कारोबार भएको छ।
यस दिन थ्री स्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भि इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसै गरी ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमा भने नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै शेयर कारोबार नेपाल रिइन्सुरेन्स कम्पनीको भएको छ । यसको ७५ करोड ६६ लाख बराबरको शेयर कारोबार भएको हो । त्यसै गरी आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीमा लक्ष्मी भ्यालु फन्ड-२ रह्यो जसको १७ लाख ४६ हजार कित्ता शेयर कारोबार भएको छ।
प्रतिक्रिया