२०८२ जेठ २७ गते
काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज नेप्सेमा बैशाखसम्म आइपुग्दा कुल ८ खर्ब ६१ अर्ब ३९ करोडको शेयर सूचीकृत भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ वैशाख मसान्तमा सूचीकृत ८ अर्ब ७४ करोड शेयरको चुक्ता मूल्य रु.८६१ अर्ब ३९ करोड रहेको छ ।
जसमा सबैधन्दा धेरै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ५२.४ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत ्कम्पनीको हिस्सा १५.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.१ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को दश महिनामा रु.२१ अर्ब ८ करोड बराबरको बोनस शेयर, रु.२० अर्ब ३८ करोड बराबरको साधारण शेयर, रु.११ अर्ब ६५ करोड बराबरको हकप्रद शेयर, रु.१ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, रु.१० करोड ६९ लाख बराबरको एफपीओ र रु.३ अर्ब ९६ करोड बराबरको अन्य शेयर गरी कुल रु.५८ अर्ब ४३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.१३ अर्ब १९ करोड बराबरको हकप्रद शेयर, रु.११ अर्ब ८० करोड बराबरको म्युचुअल फण्ड, रु.६ अर्ब ८२ करोड बराबरको डिबेन्चर र रु.२ अर्ब २४ करोड बराबरको साधारण शेयर गरी कुल ३४ अर्ब ५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
प्रतिक्रिया