२०८२ भदौ ११ गते
काठमाडौँ। बुधबार नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से ५३.०१ अंकले बढेसँगै २८१९.१० विन्दुमा पुगेको छ।
नेप्से परिसूचकसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब १८ करोडको शेयर खरिदबिक्री भएको बजार आज ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
केहि दिन देखि लगातार सकारात्मक सर्किट लागेको विकास हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लागेको छ । यस दिन सो कम्पनीको शेयरमूल्य ४७ रुपैयाँ बढेर ५१७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.४० प्रतिशत बढेको छ। यस दिन सबै भन्दा कम बढ्ने उपसमूहमा म्युचुवल फण्ड रह्यो जसको परिसूचक ०.४७ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६५ करोड ४२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
प्रतिक्रिया