नेपाललाई गरेको सहयोगलाई ठगीको संज्ञा दिदै ट्रम्पले सुनाए विभिन्न देशलाई दिएको अनुदानको फेहरिस्त (भिडियो सहित)

२०८१ फागुन ०७ गते

नेपाललाई गरेको सहयोगलाई ठगीको संज्ञा दिदै ट्रम्पले सुनाए विभिन्न देशलाई दिएको अनुदानको फेहरिस्त (भिडियो सहित)

काठमाडौ । वित्तिय संघियताका लागि अमेरीकाले नेपाललाई दिएको सहयोगलाई अमेरीकी राष्ट्रपति डोनाड ट्रम्पले ठगी (फ्रड) को संज्ञा दिएका छन् । उनले अमेरीकी नागरिकले तिरेको करको यस्ता क्षेत्रमा अनुदान पठाएर दुरुपयोग भएको बताए । उनले नेपालको वित्तिय संघियताका लागि दिएको २ करोड डलर र जैविक संरक्षणको लागि दिएको १ करोड ९० लाख डलर बेकारको सहयोग भएको उल्लेख छन् ।

यता भारतको मतदाता शिक्षाका लागि २ करोड २० लाख डलर सहयोग गरेको प्रति असन्तुष्टि जनाउँदै ट्रम्पले विश्वमै धेरै कर लगाउँने भारतलाई किन सहयोग गरिरहनुपर्यो भन्दै प्रश्न गरेका छन् । यद्यपि भारतप्रति सधै आफ्नो सम्मान भएको उनले भनेका छन् । अमेरीकाले नेपालमा एसिसि अन्तगत कार्यान्वयन गरिरहेको परियोजना पनि रोकेको छ । फागुन २ गते एमसीसी कर्पोरेसनले इमेलमार्फत नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने कृयाकलापहरु पनि रोकिएको जानकारी अर्थ मन्त्रालयलाई गराएको थियो ।

Advertisement:

Ad
Ad

यस्तै केही दिन अघि पनि युसएड अन्र्तगत कार्यक्रमकाहरु स्थगत गरेको थियो । अमेरीकाले विभिन्न देशलाई दिएको यस्ता खालका अनुदान कटौती गरेर ५५ अर्ब डलर बचत गरेको जानकारी पनि ट्रम्पले गराएका छन् । युयसएड अन्तगत मात्रै ६.५ अर्ब डलर बचत गर्न सकेको ट्रम्पले पत्रकार सम्मेलनमा भनेका थिए ।

https://www.youtube.com/watch?v=uZ4z2BUSKSw