७९ निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, अरुको कति छ ?

२०८२ फागुन २२ गते

७९ निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, अरुको कति छ ?

काठमाडौं । प्रतिनीधिसभा सदस्यका लागि  १६५ निर्वाचन क्षेत्रमध्य ७९ ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । हालसम्म एक ठाउँमा विजय भएको औपचारिक घोषणा गरेको रास्वपाको विजयी उम्मेव्दारको नामावली सार्वजनिक हुनेक्रम जारी छ ।

यसैगरी अहिलेसम्म नेपाली काँंग्रेसले ८ स्थानमा अग्रता लिएको छ भने एक स्थानमा जितिसकेको छ । नेकपा एमालेले ७ स्थानमा अग्रता लिएको छ । नेपाली कम्यूनिष्ट पार्टी (साविकको माओवादी) ले पनि ८ स्थानमा अग्रता कायम गरेको छ । यस्तै राप्रपाले एक ठाउँमा र स्वतन्त्रबाट (महाविर पुन) एक ठाउँमा अग्रता लिएको छ ।

Advertisement:

Ad
Ad

अन्य पार्टीले भने हालसम्म अग्रता लिएका छैनन । विभिन्न दलका देशभरीबाट प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ उम्मेव्दार छन् । यद्यपि बालेन लहरले देशभर घण्टीको अग्रता कायमै छ ।