२०८२ वैशाख २८ गते
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा १२ दशमलव ५३ अंकको गिरावट आएको छ । नेप्सेमा दोहोरो अंकको गिरावट आएसँगै बजार २६ सय ४९ दशमलव ११ को बिन्दुमा कायम भएको छ । आज ८२ कम्पनीहरुको शेयर मूल्यमा वृद्धि आएको छ भने १८४ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।आज नेप्सेमा ३०० कम्पनीले १० अर्ब २० करोड भन्दा माथिको कारोबार गर्दा २ करोड ४० लाख कित्ता शेयर किनबेच गरेको छ ।
आज सबैभन्दा बढि कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स, जोशी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । यी कम्पनीका लगानी कर्ताहरुले आज १० प्रतिशका दरले कमाएका छन् । त्यस्तै, आज सबैभन्दा बढि गुमाउने कम्पनीहरुमा सिन्धु डेभलपमेन्ट बैंक रहेको छन् । आज सिन्धु डेभलपमेन्ट बैंक ७.४५ प्रतिशतको दरले घटेको छ ।
आज कारोबार रकमको हिसाबले सबैभन्दा धेरै राधी विद्युत कम्पनीको शेयर कारोबार भएको छ जसको ६६ करोड दश लाख बराबरको कारोबार भएको छ । त्यस्तै शेयर संख्याको हिसाबले सबैभन्दा बढी कारोबार हुनेमा ङ्गादि ग्रुप पावर रहेको छ जसको १५ लाख ६१ हजार शेयर कारोबार भएको छ।
प्रतिक्रिया