पदबहाली गर्दै धितोपत्र बोर्डका अध्यक्ष भट्टले के गरे पहिलो निर्णय ?

२०८३ असार १५ गते

पदबहाली गर्दै धितोपत्र बोर्डका अध्यक्ष भट्टले के गरे पहिलो निर्णय ?

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा। गोपालप्रसाद भट्टले सम्पुर्ण बजार सहभागीहरुको लागि सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धि तालिम संचालन गर्ने पहिलो निर्णय गरेका छन्। आज बोर्डमा पुगेर पदबहाली गर्दै उनले सूचीकृत कम्पनी, मर्चेन्ट बैंकर्स, ब्रोकर लगायत सम्पुर्ण बजार सहभागीहरुको लागि सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धि तालिम संचालन गर्ने पहिलो निर्णय गरेका छन्।

 

Advertisement:

Ad
Ad

उनले आज धितोपत्र बोर्डको कार्यालय पुगेर पदबहाली गरेका हुन् । उनलाई बोर्डका कार्यकारी निर्देशकहरु रुपेश केसी, मुक्तिनाथ श्रेष्ठ, विनयदेव आचार्य लगायतका कर्मचारीहरुले स्वागत गरेका  थिए।त्यस अघि अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका थिए  । असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

 

शपथपछि अर्थमन्त्री डा।वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन पनि दिए । कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न पनि उनले अध्यक्ष भट्टलाई निर्देशन दिए।

 

लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि उनको भनाइ थियो।डा. भट्टलाई असार ५ गते शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । सामान्यतया नियुक्तिको दोस्रो कार्य दिनमा नियुक्तिपत्र प्रदान हुन्थ्यो र पदबहाली हुन्थ्यो। तर मन्त्री नै चितवनमा भएका कारण यी काम हुन सकेको थिएन।

 

बोर्डका नवनियुक्त अध्यक्ष डा= भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । केन्द्रीय बैंकमा ३० वर्ष सेवा गरेर उनी सेवानिवृत्त भएका थिए । उनले ‘स्टक मार्केट इफिसियन्सी इन नेपाल’ विषयमा विद्यावारिधी गरेका छन् ।