नेप्सेमा लगातार गिरावट, कारोबार रकम ३ अर्ब ९४ करोड

२०८३ असार १५ गते

नेप्सेमा लगातार गिरावट, कारोबार रकम ३ अर्ब ९४ करोड

काठमाडौँ। साताको पहिलो कारोबार दिन नै शेयर बजारमा दबाब देखिएको छ। गत साताको सुरुवातदेखि ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले सोमबार पनि सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक १६.५४ अंकले घट्दै २६३२.९६ विन्दुमा बन्द भएको छ। 

परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। गत शुक्रबार ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा सोमबार ३५१ वटा स्टकका ४४ हजार ९४२ कारोबारमार्फत ७६ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँमा सीमित भएको छ।यस दिन चार कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। टक्सार पिखुवा खोला हाइड्रोपावर, याम्बालिङ्ग हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किटमा पुगेका हुन्। अर्कोतर्फ, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा धेरै ५.८३ प्रतिशतले घटेको छ।

Advertisement:

Ad
Ad

 

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रहेको छ। बैंकको ८ करोड ८३ लाख ६२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, सोपान फर्मास्यूटिकल्सको करिब ९ करोड रुपैयाँ तथा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ८ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। उपसमूहतर्फ भने सोमबार कुनै पनि क्षेत्र हरियो रहन सकेन।

 

यस दिन१३ वटै उपसमूहका परिसूचक घटेका छन्। तीमध्ये निर्जीवन बीमा उपसमूह सर्वाधिक १.३९ प्रतिशतले घटेको छ। वित्त, होटल तथा पर्यटन तथा उत्पादन तथा प्रशोधन उपसमूहका परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घट्दै बजारमा व्यापक दबाब रहेको संकेत गरेका छन्।