नेप्से सुचक घटेपनि कारोबारमा सुधार

२०८२ जेठ २२ गते

नेप्से सुचक घटेपनि कारोबारमा सुधार

काठमाडौ । सेयर बजार साताको अन्तिम कारोबार दिन (बिहीबार) पनि घटेको छ । यस दिन नेप्से सूचक ५.९९ विन्दुले घटेर २६४०.९६ अंकमा आएको छ । यद्यपि कारोबार रकममा भने सुधार देखिएके छ । आज  ७ अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बुधबार करिब ५ अर्ब रुपैयाँको मात्र कारोबार भएको थियो । 


बजार घटेपनि ४ वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । रिभर फल्स पावर कम्पनी, बुटवल पावर कम्पनी, पियोर इनर्जी र बरुण हाइड्रोपावरको सेयर मूल्य सकारँत्मक सर्किट लेभलमा पुगेको हो । 

Advertisement:

Ad
Ad


यस दिन ३ सय ११ कम्पनीको १ करोड ७१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । राधी विद्युत कमपनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ  । यसको ९१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो । यसैगरी, दोस्रो र तेस्रो बढी कारोबार हुनेमा क्रमशः युनिभर्सल पावर र बुटवल पावर कम्पनी रहेका छन् ।