२०८२ असोज ०६ गते
काठमाडौ । नेपाल नेपाल टेलिकमले दशैं, तिहारदेखि छठसम्मको अफर सार्वजनिक गरेको छ । नेपालीहरुको महान पर्वको अवसर पारेर एनटिसिले आफ्ना ग्राहकहरुका लागि छुट, डाटा र फोनकलमा छुट दिने भएको छ । एफटीटीएच प्याकेज जडानमा छुट सहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेजहरु २०८२ असोज ०६ गतेदेखि प्रारम्भ हुनेछन्।
यस अफर अन्तर्गत असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरुलाई जडान शूल्कमा ५ सय रुपैयाँ छुट गरेको छ । टेलिकमले दशैं तिहार र छठ अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि ४९९ रुपैयाँमा ५ जीबी फेस्टिवल अनलिमिटेड र ६९९ रुपैयाँमा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध गराइएको छ।
फेस्टिवल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन फेयर यूजर पोलिसी (एफपीयू) मा तोकिएको ५ जीबी डाटा भोल्यूम खपत भइसकेपछि बाँकी समयावधि २ एमबीपीएस गतिमा र फेस्टिवल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्न पाउनेछन् । यसका लागि ग्राहकले प्रतिदिन एफपीयूमा तोकिएको १० जीबी डाटा भोल्यूम खपत भैसकेपछि बाँकी समयावधि ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सक्नेछन् ।
२५० रुपैयाँमा १ हजार मिनेट अल नेट भ्वाइस सुविधा सहितको जोयफूल मिनेटस् र ९९ रुपैयाँमा १ हजार अन नेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।
जीएसएम सेवाका प्याकेजहरु असोज ६ गतेदेखि असोज २० गतेसम्म र कार्तिक १ गतेदेखि कार्तिक १० गतेसम्म खरिद गर्ने ग्राहकहरुका लागि लागु हुनेछ । यो सुविधा लिन आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा नेपाल टेलिकम एप प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिनेछ ।
प्रतिक्रिया