नक्कली लाइसेन्स विवतरण गरेको आरोपमा उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

२०८१ असार २५ गते

नक्कली लाइसेन्स विवतरण गरेको आरोपमा उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ। यातायात व्यवस्था विभागका १५ जनाविरुद्ध मुद्दा दायर भएको छ । नक्कली लाइसेन्स विवतरण गरेको आरोपमा उपसचिवसहित १५ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा लिखित सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो ।

Advertisement:

Ad
Ad

यसअघि, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यस विषयमा अनुसन्धान गरेकाे थियाे । उनीहरुले झण्डै ३०० वटा नक्कली लाइसेन्स वितरण गरेको खुलेकाे छ । यद्धपी प्रहरीले अहिलेसम्म मुद्दा दायर गरिएकाेमध्ये ६ जनालाई पक्राउ गरेकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उनीहरूमाथि अनुसन्धान गर्न पत्राचार गरिसकेकाे छ ।

मुद्दा दायर भएकामध्ये यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बुटवल कार्यालय प्रमुख उपसचिव केशव अर्याल, तत्कालीन कम्प्युटर अपरेटरहरु लक्ष्मण पाण्डे, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे र पदमराज आचार्य, सहायक पाँचौं सुवास पौडेल रहेका छन् ।

यसैगरी, यातायात व्यवस्था कार्यालय, कावासोती नवलपरासीका तत्कालीन कम्प्युटर अधिकृत रामकृष्ण श्रेष्ठ, यातायात व्यवस्था कार्यालय कास्कीका कम्प्युटर अपरेटर विनोद भण्डारी, यातायात व्यवस्था कार्यालय चितवनका सहायक चौथो राजेश लम्साल, यातायात व्यवस्था कार्यालय झापाका कम्प्युटर अपरेटर विवेक भण्डारी र यातायात व्यवस्था कार्यालय धनुषाका कम्प्युटर अपरेटर दिलीपकुमार शाहविरुद्ध पनि मुद्दा गरिएको छ ।

अनुसन्धानका क्रममा आरोपीहरुले ढड्डामार्फत वितरण हुँदै आएको सवारी चालक अनुमतिपत्रको अभिलेख इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा सार्दा अर्कै विवरण राख्ने र नक्कली लाइसेन्स वितरण गरेको पाइएकाे छ । यस कामका लागि सरकारी कर्मचारीहरूले पनि  धेरै रकम असुल्ने गरेकाे खुलेकाे हाे।