तीनपटक सम्म हारेपछि रविन्द्र मिश्रले राजनीतिबाट लिए विदा

२०८२ फागुन २३ गते

तीनपटक सम्म हारेपछि रविन्द्र मिश्रले  राजनीतिबाट लिए विदा

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा लगातार तीन पटकसम्म हार व्यहोरेपछि राप्रपाका नेता रविन्द्र मिश्रले तत्कालका लागि राजनीतिकबाट विदा लिने निर्णय लिएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै विदा लिने निर्णय कुनै हताश वा निराशमा नभएको बताएको छ ।

उनले लेखेका छन्, 'मैले आज जे निर्णय लिँदैछु, त्यो कुनै निराशा, हताश या हतारमा लिँदै छैन। धेरै सोचिविचारी लिँदैछु।देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको छ, जसका लागि पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले म पनि जिम्मेवार छु।'

Advertisement:

Ad
Ad


मिश्रले भावी पुस्ताका लागि देश बचाउँन र बनाउँन सकिदैन भन्ने आफुलाई लागेर पार्टीको सम्पूर्ण जिम्मेवारीबाट आफुले राजीनामा दिएको बताए । यद्यपि राजसंस्था पुनर्स्थापना तथा सुशासन लगायतका मुद्दाहरूमा आफ्नो अडान यथावत रहने बताउँदै उनले  तत्कालका लागि गैरदलीय (स्वतन्त्र) रूपमा म मेरा विचार र अडानहरू मुखरित गरिरहने बताए ।