२०८२ असार २९ गते
काठमाडौ । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबारमा सेयर बजारमा उत्साह छाएको छ । बजार २९ अंकले बढेर २७६०.८० विन्दुमा पुगेको छ ।
बजारमा ११ अर्ब ४१ करोड ६४ हजार रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्रि भएको छ । पछिल्लो पटक असार २ गते १२ अर्ब बढीको सेयर खरिदबिक्रि भएको थियो यसकारण आजको कारोबार त्यसयताकै सबैभन्दा बढी हो । आजको कारोबारमा ३११ कम्पनी सामेल भएका थिए । एनआइसी एशिया बैंकको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ ।
योसँगै एनआइशी एशिया बैंकको सेयरमूल्य ४०५.४० रुपैयाँ पुगेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको सिमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुर्पैयाँ पुर्याएको थियो । लगानीकर्ताहरुले राष्ट्र बैंकको यो नीतिलाई स्वागत गरेका छन् । मौद्रिक नीतिले गरेको नीतिगत व्यवस्थाको कारण सेयर बजारमा रौनक फर्किएको छ ।
प्रतिक्रिया