मतगणना अपडेटः समानुपातिकमा कुन पार्टीको कति मत ?

२०८२ फागुन २४ गते

मतगणना अपडेटः समानुपातिकमा कुन पार्टीको कति मत ?

काठमाडौं । समानुपातिकमा पनि हालसम्म सबैभन्दा बढी मत राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको छ । हालसम्म प्रत्यक्षतर्फ ११८ सिट जितेको रास्वपाले १७ लाख १६ हजार ७ सय ९९ भोट ल्याएको छ । रास्वपाले अझै ७ ठाउँमा अग्रता लिइरहेको छ । नेपाली कांग्रेसले ५ लाख ८२ हजार ३ सय ८७ मत आएको छ । 

कांग्रेसले १७ स्थानमा प्रतयक्षतर्फ जित हासिल गरिसकेको छ ।  नेकपा एमालेले ४ लाख ८८ हजार १०४ मत ल्याएका थिए । एमालेले प्रत्यक्षतर्फ ७ ठाउँमा जित हासिल गरेको छ भने ३ ठाउँमा अग्रता लिएको छ ।  नेपाली कम्यूनिष्ट पार्टीको २ लाख ३३ हजार ५८२ मत आएको छ । श्रम संस्कृति  पार्टीले ७१ हजार  ७ सय ७१  ल्याउँदा राप्रपाले १ लाख २६ हजार र राष्ट्रिय परिवर्तन  पार्टीले ४० हजार ९ सय ५ मत ल्याएको छ । यस्तै जसपा नेपालले ३४ हजार ७८२ मत र  जनमत पार्टीले १७ हजार ८९० मत ल्याएको छ । 

Advertisement:

Ad
Ad

नेपाली कम्यूनिष्ट पार्टीले प्रत्यक्ष  तर्फ ७ ठाउँमा जित हासिल गरेको छ भने एक ठाउँमा अग्रता कायम गरेको छ । श्रम सस्ंकृतिले प्रत्यक्ष तर्फ ३ स्थानमा जित हासिल गरिसकेको छ । राप्रपाले एक स्थानमा जित हासिल गरेको छ ।