२०८० पुस २७ गते
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले अनावश्यक विदेश भ्रमणलाई अंकुश लगाएको छ । प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीका स्वकीय सचिव र सल्लाहकारहरूको विदेश भ्रमणमा रोक लगाइएको हो ।
राष्ट्रिय सतर्कता केन्द्रले सल्लाहकारदेखि स्वकीय सचिवहरूलाई विदेश भ्रमण नगराउन भन्दै सिंहदरबारका सबै मन्त्रालय र सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई परिपत्र गरेको हो ।
सरकारी कोष वा नेपाल सरकारलाई दातृ निकायरदेशबाट कार्यालयको कामसँग सम्बन्धित सरकारी कर्मचारीहरूका लागि प्राप्त विदेश भ्रमणसम्बन्धी कोटामा मन्त्री र राज्यमन्त्रीले नियुक्त गरेका सल्लाहकार, स्वकीय सचिव (निजामती कर्मचारीबाहेक) जान लागेपछि राष्ट्रिय सतर्कता केन्द्रले रोक लगाएको हो ।
प्रतिक्रिया