मन्त्री अधिकारीले फेरी नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य ( सूचिसहित )

२०८१ माघ २९ गते

मन्त्री अधिकारीले फेरी नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य ( सूचिसहित )

काठमाडौं । भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले दोस्रो चरणमा २६ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा ३९ जना सदस्य नियुक्त गरेका छन् । केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, बिज्ञ र महिलासहित ३ जना सदस्य रहने ब्यवस्था अनुसार मन्त्री अधिकारीले मङ्गलवार ३९ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन् ।

मन्त्री अधिकारीले तेस्रो चरणमा अव बाँकी रहेका ९१ जना सदस्यहरु छिट्टै नियुक्त गर्ने जानकारी दिएका छन् । भूमि समस्याको दिगो समाधानका लागि मन्त्रालयले दु्रतगतिमा काम गरिरहेको मन्त्री अधिकारीको भनाई छ । गत शुक्रबार मन्त्री अधिकारीले पहिलो चरणमा ५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त गरेका थिए ।

Advertisement:

Ad
Ad

नियुक्त भएका ३९ जना सदस्य को को हुन् ?

[pdf-embedder url="https://banijyapost.com/wp-content/uploads/2025/02/सदस्यको-नियुक्ति-दोस्रो-चरण.pdf" title="सदस्यको नियुक्ति दोस्रो चरण"]