मानवीय संवेदनालाई ख्याल गर्दै अवतरण अनुमति नलिइ आएको थाइ एयर एशियाको जहाजलाई बिमानस्थलमा अवतरण गर्न दिइयो, कारबाही गर्ने तयारी

२०८१ कात्तिक ११ गते

मानवीय संवेदनालाई ख्याल गर्दै अवतरण अनुमति नलिइ आएको थाइ एयर एशियाको जहाजलाई बिमानस्थलमा अवतरण गर्न दिइयो, कारबाही गर्ने तयारी

काठमाडौ । अवतरण अनुमति नलिइकन थाइल्याण्डको बैंककबाट आएको थाइ एयर एशियाको जहाजलाई अन्तत त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न दिइएको छ । अवतरण म्याद सकिएको (एक्स्पायर) जहाज आइतबार काठाडौ आएको हो । विमानस्थलले उक्त जहाजलाई केही समय आकाशमै होल्ड गराएको थियो । नागरिक उड्ययन प्राधिकरणसँगको छलफल पछि मानवीय संवेदनााई ध्यानमा राख्दै भर्खर अवत्तरण गराइएको विानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले वाणिज्यपोष्ट लाई जानकारी गराए । जहाज २ बजे अवतरण गर्ने तालिका भएपनि विमानस्थलले अवत्तरण अनुमति नदिइ जहाज ‘गुराँस प्वाइन्ट’ मा होल्ड गराइएको थियो । शेर्पाका अनुसार मानवियतालाई हेरेर अवत्तरण गर्न दिएपनि उक्त जहाजलाई कारबाही गरिने बताएका छन् । कारबाही प्राधिकरणले गर्नेछ ।

Advertisement:

Ad
Ad