२०८१ पुस १९ गते
काठमाडौँ। आज शुक्रबार माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।
लघुवित्तले गत पुस ५ गतेदेखि ९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ निष्काशन गरेको थियो।
उक्त शेयर खरिदका लागि कुल १६ लाख ९२ हजार १०६ आवेदकले २ करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए। सोमध्ये १६ लाख ८७ हजार ७७४ आवेदन स्वीकृत भएको छ भने ४ हजार ३३२ आवेदन रद्द भएको छ।
प्रतिक्रिया