सुनचाँदीको मूल्यमा गिरावट

२०८२ चैत ०१ गते

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेर ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य तोलामा ३ लाख १४ हजार २०० रुपैयाँ थियो ।

Advertisement:

Ad
Ad

 

यसैगरी, चाँदीको मूल्य पनि २२५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा ५ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ५ हजार ४९५ रुपैयाँ थियो ।


Photos (1)