लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दो, ६३ जना विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश

२०८२ माघ २६ गते

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दो, ६३ जना विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश


सिरहा । लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दै गएको छ। लहानका दुई जना युवा व्यवसायी ओमप्रकाश शर्मा र सन्तोष कुमार पासवानको अगुवाइमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६३ जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।


कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पुरुषोत्तम यादवको उपस्थिति रहेको थियो। कार्यक्रममा लहानका विभिन्न वडाबाट उल्लेखनीय सहभागिता देखिएको थियो। पार्टी प्रवेश गर्नेहरूमा बाली गुप्ता ९वडा १०, बिकी सुनी ९वडा २०, बिनोद चौधरी ९वडा ५०, अम्रेस ९वडा ८०, बरुन रौनियार ९वडा १०, बिबेक साह ९वडा १००, बिनेस झा ९वडा ८०, सन्दिप कुमार साह ९वडा ११० लगायत अमर यादव, सुवास दास, रञ्जित कुमार साह, गणेश साह, सन्तोष कुमार पासवान, विजय कुमार यादव, ओमप्रकाश शर्मा सहित अन्य गरी कुल ६३ जना रहेका छन्।

Advertisement:

Ad
Ad


कार्यक्रम आयोजक गितान्जली अटो वर्कशपका प्रबन्ध निर्देशक ओमप्रकाश शर्माका अनुसार देशमा देखिएको परिवर्तनको चाहना र वैकल्पिक राजनीतिप्रतिको विश्वासका कारण राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दै गएको हो। युवा व्यवसायी सन्तोष कुमार पासवानसँगको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वक्ताहरूले अब परिवर्तनको लहर गाउँ–गाउँ फैलिँदै गएको बताएका थिए।


कार्यक्रममा सहभागी नयाँ सदस्यहरूलाई पार्टीको नीति, विचार र भावी योजनाबारे जानकारी गराउँदै स्वागत गरिएको थियो।