कुलमानले सरकारलाई किन बुझाएनन स्पष्टिकरण ?

२०८१ कात्तिक ०८ गते

कुलमानले सरकारलाई किन बुझाएनन स्पष्टिकरण ?

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले दिएको समयमा स्पष्टिकरण नबुझाएको खुलेको छ । सरकारले १५ बुँदे स्पष्टीकरणको जवाफ दिनु भन्दै गत असोज २३ गते पत्राचार गरेको थियो । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले घिसिङलाई सोधेको १५ बुँदे स्पष्टीकरणको म्याद कात्तिक सात गते सकिएको छ ।

मन्त्रालय स्रोतका अनुसार कुलमानले स्पष्टिकरण बुझाउँनुको साटो थप समय माग गरेका छन् । दशैं विदा परेका कारण कागजात खोज्न कठिन भएको भन्दै समय सकिएको अन्तिम दिन (कात्तिक ७) १५ दिनको समय दिनु भन्दै घिसिङले पत्र पठाएको बुझिएको छ । सरकारले घिसिङसँग नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीको ४ वर्षको वित्तीय विवरण, विगत ५ वर्षका केन्द्रीय स्टोर प्रमुखको विवरण, फर्छ्यौट हुन बाँकी बेरुजको अध्यावधिक विवरण, विगत ४ वर्षमा सञ्चालक समितिका सदस्यहरुको विदेश भ्रमणको विवरण लगायतका विवरण मागेको थियो । यदि कुलमानको जवाफ आएपछि सरकारलाई चित्त नबुझे हटाउने तयारी पनि रहेको स्रोतले बताएको छ ।

Advertisement:

Ad
Ad