२०८२ पुस २५ गते
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले यूवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको विवादमा रहेको विदेश भ्रमणलाई लक्षित गर्दै विदेश गुमेर अर्थतन्त्र बन्छ भन्ने प्रश्न गरेका छन् ।
खेलकुद मन्त्री गुप्ताको विदेश भ्रमणको विवाद चलिरहेकै बेला शिक्षामन्त्री महाविर पुनको यस्तो स्ट्याटस आउनुलाई धेरैले खेलकुदमन्त्रीलाई व्यंग्य गरेको भन्दै विश्लेषण गरेका छन् । पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफुले ३ वटा ठाउँको विदेश भ्रमणको निम्ता अस्विकार गरेको बताएका छन् । साथै अझै पनि २ वटा निम्तो आएको र त्यसमा पनि नजाने उनले स्पष्ट पारेका छन् ।
उनी लेख्छन्, लौ जा, 'म मन्त्री भए पछि पहिला पनि निमन्त्रणा आएको तीन वटा विदेश भ्रमणमा गईन । अहिले पनि दुई वटा निमन्त्रणा आएछ । यसमा पनि जान्न। देशको अर्थतन्त्र नसुधारे सम्म जो सुकै प्रधान मन्त्री र अर्थ मन्त्री आए पनि केहि प्रगति हुनेवाला छैन किन भने केहि गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ ?'
प्रतिक्रिया