काठमाडौँबाट हेटौँडा जाँदै गरेको गाडी मकवानपुरमा दुर्घटना : दुईजनाको मृत्यु, १४ घाइते

२०८२ वैशाख ०५ गते

काठमाडौँबाट हेटौँडा जाँदै गरेको गाडी मकवानपुरमा दुर्घटना : दुईजनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा यात्रुवाहक गाडी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।

काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी राति १ः०० बजे मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

Advertisement:

Ad
Ad

दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा आज बिहान हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार सर्लाहीकी १३ वर्षीया मानुसी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको हो ।

दुर्घटनामा घाइते भएका १० जनाको हेटौँडा अस्पताल र अन्यको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।