२०८३ असार ११ गते
भैरहवा । ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन बोर्डको सहयोगमा यहि असारमा भैरहवास्थित सिद्धार्थ भिलसामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ ।
यस कार्यक्रममा सरकारी अधिकारी, पर्यटन उद्योगका अग्रणी व्यक्तित्व, वेलनेश विशेषज्ञ तथा व्यापारिक समुदायका प्रतिनिधिहरु सहभागी भई लुम्बिनी प्रदेशमा स्वस्थ जीवन, र वेलनेश पर्यटनको प्रवद्र्धनमा जोड दिए ।
नेपालमा भइरहेको आरोग्य पर्यटन वर्षको सन्दर्भमा आयोजना गरिएको यो कार्यक्रमको उद्देश्य लुम्बिनी क्षेत्रमा पर्यटन वृद्धिमा आरोग्य पर्यटनको अपार सम्भावनाहरुको बारेमा जनचेतना पैmलाउनु थियो।
कार्यक्रमको औपचारिक उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले गरे । उद्घाटनमा स्पा एसोसिएसन नेपालका अध्यक्ष सुरेश पुरी, आयोजक समितिका अध्यक्ष भुवन फैजु, नेपाल पर्यटन बोर्डका पूर्व प्रमूख कार्यकारी अधिकृत दीपक राज जोशी, होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य तथा सिद्धार्थ होटल एसोसिएसन (सान)का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्रालय सचिव नारद गौतम, सिद्धार्थ हस्पिटालिटी ग्रुपका संस्थापक अध्यक्ष लक्ष्मण न्यौपाने र आयोजक समितिका सह–अध्यक्ष निशा श्रेष्ठको उपस्थितिमाथियो।
मन्त्री पौडेलले मानव जीवनको केन्द्रीय उद्देश्य खुशीको खोजी भएकाले वेलनेश त्यस खोजीसँग अन्तर्निहित रूपमा जोडिएको उल्लेख गरे । उनले नेपालको पर्यटनको मूख्य भाग आरोग्य पर्यटन सँग जोडिएको र देशको पर्यटन क्षेत्र यस बिना अधुरो रहेको बताए ।
मन्त्री पौडेलले सरकारले विमानस्थललाई छिटोभन्दा छिटो पूर्ण रूपमा नियमित सञ्चालनमा ल्याउन काम गरिरहेको उल्लेख गरे । उनले राजनीतिक वा कूटनीतिक मुद्दाहरूको कारणले ढिलाइ भएको नभई नीतिगत कमजोरीका कारणले भएको बताए ।
स्पा एसोसिएसन नेपालका अध्यक्ष सुरेश पुरीले उपचार भन्दा रोकथाम बढी प्रभावकारी हुने कुरामा जोड दिए । आजको आधुनिक संसारमा तनाव व्यवस्थापनको लागि व्यायाम, योग र ध्यानलाई प्रभावकारी बनाउनु पर्ने उनले भने ।
ट्रन्क्यूलिटी स्पाले अधिकारिक रुपमा भैरहवाको सिद्धार्थ भिलसामा आफ्नो शाखा पूर्ण क्षमतामा सञ्चालनमा ल्याएको छ, जहाँबाट भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई विश्वस्तरीय वेलनेश सेवा प्रदान गरिनेछ ।
ट्रन्क्यूलिटी स्पाले १८ वर्षदेखि देश तथा विदेशमा उच्चस्तरीय वेलनेश सेवा प्रदान गर्दै आएको छ । काठमाडौको लाजिम्पाटबाट शुरु भएको यो स्पा अहिले काठमाडौँ, चितवन, पोखरा र मलेसियामा प्रख्यात होटलहरुसँगको साझेदारीमा सञ्चालित छ र भैरहवास्थित सिद्धार्थ भिलसामा नयाँ शाखा मार्फत लम्बुनी प्रदेशमा विस्तार गरिसकेको छ । कम्पनीमा हाल ३ सय भन्दा बढीले रोजगारी पाएका छन् र कम्पनीको प्रशिक्षण विभाग ‘ट्रन्क्यूलिटी ईन्टरनेश्नल ब्यूटी एण्ड स्पा एकेडेमी’बाट ३,५०० भन्दा बढी व्यक्तिलाई वेलनेश सीप प्रदान गरिसकिएको छ ।
प्रतिक्रिया