कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५२ हप्ता यताकै उच्च, कस्तो छ यसको वित्तिय अवस्था ?

२०८१ माघ ११ गते

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५२ हप्ता यताकै उच्च, कस्तो छ यसको वित्तिय अवस्था ?

काठमाडौ । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५२ हप्ता यताकै उच्च देखिएको छ । बिहिबार (माघ १०) यस बैंकको सेयर मूल्य प्रतिकित्ता १ हजार ९ सय ३३ रुपैयाँ ५० पैसा पुगेको छ । ५२ हप्ता अघि यसको सेयर मूल्य ३ सय ६२.६० रुपैयाँ थियो ।

बिहिबार यसको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । यो सँगै कर्पोरेट डेभलपमेन्ट बैंकको बजार पुँजीकरण १० अर्ब १५ करोड रुपैयाँ भन्दा बढी पुगेको छ । यसको ५२ लाख ६० हजार कित्ता सेयर दोस्रो बजारमा सुचिकृत छ । यसमध्ये १५ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारण समुहमा जारी छ । २०७१ पुसमा समस्याग्रस्त घोषणा भएको कर्पोरेट डेभलपमेन्ट बैंकमा नयाँ लगानीकर्ता भित्रिएपछि २०७४ माघमा समस्याग्रस्तबाट मुक्त भएको थियो ।

Advertisement:

Ad
Ad

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको प्रतिवेदन अनुसार यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९ पैसामात्र (बार्षिकीकरण) रहेको छ । यसको मूल्य आम्दानी अनुपात (पिइ रेसियो) ८१५.४० रुपैयाँ रहेको छ । कम्पनीको तत्कालको सेयर मूल्यलाई पछिल्लो प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अनुपात नै मूल्य आम्दानी अनुपात हो । दोस्रो बजारमा कारोवार भएका र नाफा कमाएका कम्पनीको मात्र मूल्य आम्दानी अनुपात निकाल्न सकिन्छ ।

कम्पनीले प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४८१.७० रुपैयाँ रहेको बताएको छ । बैकिङ क्षेत्रमा नियमति देखिने तरलताको संकुचन तथा विस्तारले बयाजदरमा पार्ने प्रभाव, ब्याजदरको प्रतिस्पर्धा, बढ्दो सञ्चालन खर्चप्रति बैंक सचेत रहेको कुनै समस्या ब्यहोर्नुनर्पे स्पष्ट पारेको छ । बैंकको सञ्चालन नाफा १ करोड ४७ लाख रहेको छ । गत आवको यसै अवधिमा १ करोड ३० लाख रहेको थियो । दोस्रा त्रैमासम्म बैंकले १ करोड ७ लाख रुपैयाँ नाफा गरेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकले यो पटक लगानीकर्तालाई कुनै लाभांश दिएन ।