२०८२ जेठ २७ गते
काठमाडौ । मंगलबार (जेठ २७) सेयर बजारमा उत्साह देखिएको छ । करिब ३ साता पछि सेयर कारोबार १० अर्ब रुपैयाँ नाघेको छ । आज नेप्से परिसुचक २६.२४ अंकले बढेर २६७९.३४ विन्दुमा अडिएको छ । आज १० अर्ब १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यसअघि जेठ ७ गते १० अर्ब ४५ करोडको सेयर कारोबार भएको थियो । २ वटा कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर मूलय सकारातमक सर्किट लृभलमा कारोबार भएको हो ।
आज फाइनान्स समूहमा सबैभन्दा बढी बृद्धि छ भने वाणिज्य बैंक समूह पनि बढेको छ । आज ३ सय ११ कम्पनीको २ करोड ३६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा एचआइडीसीएल प्रमोटर अग्रस्थानमा छ । यसको ५८ करोड ४९ लाख रुपैयाभन्दा बढीको सेयर कारोबार भएको हो ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण काबेली हाइड्रोपावर र राधि विद्युत कम्पनी परेका छन् ।
प्रतिक्रिया