कंगनालाई झापड हान्ने जवानलाई निलम्बन गरियो

२०८१ जेठ २५ गते

कंगनालाई झापड हान्ने जवानलाई निलम्बन गरियो

काठमाडौँ । हालै सम्पन्न भारतको लोकसभा सदस्यमा नवनिर्वाचित बलिउड नायिका कंगना रनावतलाई एक महिला जवानले थप्पड हानेकी छन् ।

चण्डीगढ एयरपोर्टमा उनीमाथि सिआइएफएसकी महिला जवानले थप्पड हानेको भारतीय समाचार एजेन्सीले उल्लेख गरेका छन् । उनी चण्डीगढबाट दिल्लीतर्फ उडान भर्ने क्रममा रहेका बेला थप्पड प्रहार भएको हो ।

Advertisement:

Ad
Ad

किसान आन्दोलनको बेला कंगनाले आन्दोलनमा सहभागीहरु भारु १०० लिएर सहभागिता जनाउने गरेको टिप्पणी दिएकी थिइन् । उनको रवैया किसान विरोधी रहेको भन्दै उनीमाथि थप्पड प्रहार भएको न्यूज नेशनको रिपोर्टमा उल्लेख छ । उनी विमानस्थलका उडान पर्खिरहेकी थिइन् र महिला जवान सरासर आएर गालामा थप्पड हानेकी थिइन् ।

हालै सम्पन्न निर्वाचनमा उनी मण्डी जिल्लाबाट भाजपाको उम्मेदवार बनी सांसद निर्वाचित भएकी थिइन् ।