२०८१ असार २३ गते
काठमाडौँ । हास्य कलाकार मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकाल पक्राउ परेकी छन् । केहि युवाहरू लिएर बालकोटामा रहेको मनोज गजुरेलको घरमा चाबी लगाउन पुगेकी उनलाई जिल्ला प्रहरी परिसद भक्तपुरको टोलीले पक्राउ गरेको एसपी वेद विष्टले जानकारी दिए ।

मनोज घरमा नभएको समय युवाहरूको ग्रुप लिएर ८५ वर्षकी गजुरेलकी आमालाई धम्काई, लछारपछार पारि चाबी लगाएर हिँड्न लागेका बेला छिमेकीहरूले प्रहरीलाई खबर गरिदिएपछि उनी पक्राउ परेकी हुन् ।
२०७४ सालमै मनोजसँग सहमतिमै सम्बन्ध विच्छेद गरेकी मिनाले सामाजिक सञ्जालमा मनोजबारे विभिन्न टीका टीप्पणीयुक्त भिडियो पोष्ट गर्दै आइरहेकी थिइन् ।
गजुरेल र ढकालका १ छोरी र १ छोरा छन् । छोरी क्यानडामा रहेकी छन् भने छोरा गजुरेलसँगै बस्दै आएका छन् ।
प्रतिक्रिया